९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


दरवारमार्गमा सुविधा सम्पन्न सिनेमा हल खुल्यो



७ वैशाख ०७८, काठमाडौं । अत्याधुनिक सेवा र सुविधासहित राजधानीमा नयाँ सिनेमा हल शुरु भएको छ । आरामदायी सुविधाको साथ सिनेमा पारखीहरुको लागि काठमाडौंको दरवारमार्गमास्थित दरवार मलमा ‘दरवार सिने म्याक्स’ सञ्चालनमा आएको हो ।

दर्शकलाई सिनेमा हेर्दा लक्जरीयस महशुश गराउने उद्देश्यका साथ सिमित व्यक्तिहरुलाई मात्र सामेल गराएर चलचित्र प्रदर्शन गरिने गरि नयाँ वर्षको अवसरमा हल संचालनमा ल्याएको दरवार सिने म्याक्सका प्रबन्ध निर्देशक दिप्रश शाक्यले जानकारी दिए ।

गुण ग्रुपद्वारा निर्माण भएको दरवार मलमा संचालित सिनेमाहल क्युएफएक्सले व्यबस्थापन गरेको हो । जँहा २ वटा हल रहेका छन् । ५० र ५३ सिट क्षमताको हलमा अत्याधुनिक साउण्ड सिस्टम, स्क्रीन र अर्डर अनुसारको खाना र खाजाको बारकोसमेत व्यवस्था गरिएको छ । सिनेमा हेर्न आउने दर्शकहरुलाई आफू बसेकै ठाउँमा आफ्नो  इच्छा अनुसारको खाजा र खाना अर्डर गरेर खान मिल्ने गरी खाजा बार संचालनमा ल्याएको उनले बताए ।

उनका अनुसार सिनेमा हेर्दै मदिरा सेवन पनि गर्न सकिनेछ । त्यसको लागि छुट्टै व्यवस्था गरिएको छ । अन्य हल भन्दा फरक सेवा दिने उदेश्य साथ संचालनमा आएको सिनेमा हलमा दैनिक ९ वटा शो देखाइने र टिकटको मूल्य १००० देखि १२०० रुपैयाँसम्म निर्धारण गरीएको छ । गुण ग्रुपले विगत २५ बर्षदेखि ग्वार्कोमा गुण सिनेमा हाल संचालन गर्दै आएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ४ : ०६ बजे