७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एमालेले स्थानीय निर्वाचनको घोषणापत्र शुक्रबार सार्वजनिक गर्ने




८ वैशाख ०७९, काठमाडौं । स्थानीय निर्वाचनको घोषणापत्र शुक्रबार भोलि शुक्रबार सार्वजनिक गर्ने भएको छ । निर्णय एमाले सचिवालय बैठकले घोषणापत्र सार्वजनिक गर्ने निर्णय गरेकोे हो ।
बैठकपछि एमाले उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले शुक्रबार नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाउने र भोलि नै तुलसीलाल स्मृति प्रतिष्ठान च्यासल ललितपुरमा केन्द्रीय कार्यालयको उद्घाटन गर्ने बैठकले निर्णय गरेको गुरुङले जानकारी दिए ।
नेकपा एमालेले महानगरपालिका र उपमहानगरपालिकाका उम्मेदवारबारे वैशाख १० गते शनिबार निर्णय गर्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज विहीबार बसेको नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
सचिवालय बैठकमा सातवटै प्रदेश कमिटीले गरेको सिफारिसबारे छलफल भएको र अर्को बैठक शनिबार दिउँसो ३ बजे बालकोटमै बसेर उम्मेदवारको टुङ्गो लगाउने बताएका छन् ।
नेकपा एमालेको सचिवालय बैठकले गण्डकी र लुम्बिनी प्रदेशसभाका सदस्यलाई पालिकाको नेतृत्वको लागि टिकट नदिने निर्णय गरेको छ ।
प्रचार विभाग प्रमुख गुरुङले त्यहाँ सरकार परिवर्तन हुनसक्ने सम्भावना रहेको र त्यसलाई ध्यानमा राखेर यस्तो निर्णय भएको बताए ।
उनले यी दुई प्रदेशमा एमालेको एकल बहुमत पुग्नलाई केही सांसद मात्रै कमी हुने अवस्था रहेको र सत्ता गठबन्धनमा फाटो आएमा एमालेको सरकार बन्न सक्ने सम्भावना रहेको बताइएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  १० : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।