२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एमाले प्रदेश कमिटी सदस्य यादवले गरे पार्टी परित्याग



११ वैशाख ०७८, भैरहवा । नेपाल कम्युनिस्ट पार्टी एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ४ का इन्चार्ज बाबुलाल यादवले पार्टी परित्याग गरेका छन् । नेता यादवले शनिबार भैरहवामा पत्रकार सम्मेलन गरी एमालेको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेका हुन् ।
सिद्धान्त र दर्शन मन परेर कसैको अनुहार हेरेर वा लाभ विना २०५४ सालदेखि नै अनवरत रूपमा रुपन्देहीको मर्चवारबाट पार्टीमा लागेको यादवले पार्टीमा अहिले विधिको शासन नभएर नक्कली प्रेम र सद्भाव पाएको बताए ।
नक्कली रूपमा क्षेत्र इन्चार्ज बनाएर राखेको आरोप लागाउँदै अहिलेसम्म सल्लाह सुझावसमेत नमागेको भन्दै खिन्न भएर पार्टी परित्याग गरेको बताए । पार्टी विधि, विचार र सिद्धान्त अनुसार नचलेको, जिल्लाको नेतृत्वले धोका दिई केही नेताले गर्दा बाध्य भएर पार्टी त्याग्नु परेको उनले बताए ।
रुपन्देहीको क्षेत्र नम्बर ४ बाट मेरो पालिका अध्यक्षमा आकांक्षी भए पनि अहिले केही व्यक्तिको एकल निर्णयले आफूलाई जानकारी नै नगराई कुनै प्रकारको छलफल र बहस विना नै आफूविरुद्ध भ्रामक प्रचार गरेको उनको दाबी छ ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ८ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।