२९ बैशाख २०८३, मंगलबार | Tue May 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


माटोमा पुरिएर दुई बालकको मृत्यु




२२ वैशाख ०७९, जुम्ला । जुम्लाको तिला गाउँपालिका २ मा घरको जग लगाउँदै गर्दा आएको सुक्खा पहिराले दुई बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार तिला २ लिहीका स्थानीयवासी रणबहादुर बोहोराको घरको जग लगाउँदै गर्दा खेलिरहेका दुई बालकको सुक्खा पहिराले च्यापिएर मृत्यु भएको जानकारी दिए ।
लगाउँदै गरेको घरको माथिबाट सुक्खा माटो आएपछि तीन वर्षीय बालक शिशिर बोहोरा र हिमिश रावलको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिए । पहिरोसँगै च्यापिएर काम गर्न गएकी रणबहादुर बोहोराकी पत्नी लक्ष्मी बोहोरा घाइते भएका छन् ।
घाइते बोहोरालाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको प्रहरीले जनाएको छ । मृतक शिशिर रणबहादुरका छोरा हुन् । घाइते लक्ष्मी बोहोरासँगै ती बालक सो स्थानमा गएका र खेलिरहेका थिए । अर्का बालक हिमिश भने नजिकै नातेदारको छोरा रहेका र घर बनाउने स्थानमा खेल्न गएका थिए । गत वैशाख ९ गते राति सो गाउँपालिका ३ सार्कीबाडामा मानसिंह सार्कीको घर आगलागी हँुदा चार बालबालिकाको जलेर मृत्यु भएको थियो । सो घटना नसेलाउँदै आज डण्डेलीमा माटोबाट दुई बालकको मृत्यु भएको छ ।

 

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहिबार  ५ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।