३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आइजिपी बढुवाविरुद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार



२२ वैशाख ०७९, काठमाडौं । प्रहरीको महानिरीक्षक (आइजिपी) बढुवाविरुद्ध दायर भएको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
न्यायाधीश सुष्मालता माथेमाको इजलासले महानिरीक्षकमा धिरजप्रताप सिंह नियुक्तिविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
अदालतले सरकारसँग लिखित जवाफ माग गरेको सर्वोच्चले जनाएको छ ।

मुद्दाको पूर्ण सुनुवाइ १७ जेठलाई तोकिएको छ । सरकारी पक्षले अहिले अन्तरिम आदेश दिए चुनावी सुरक्षामा असर पुग्ने जिकिर गरेको थियो । वरियताक्रम मिचेर सिंहलाई आईजीपीमा बढुवा गरिएको भन्दै पहिलो वरियताका एआईजी विश्वराज पोखरेलले अदालतमा रिट निवेदन दिएका थिए ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहिबार  ४ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।