२५ माघ २०८२, शनिबार | Sat Feb 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कांग्रेसले भन्यो, ‘ओलीले लगाएको आरोप झुटको पुलिन्दा’



२६ वैशाख ०७९, काठमाडौं । कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले कांग्रेसको नीति र कार्यक्रमको ब्याज एमालेले खाएको आरोप लगाएका छन् । कांग्रेसले पार्टी कार्यालय सानेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा महतले यस्तो बताएका हुन्।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले झुटो आरोप कांग्रेसमाथि लगाएको बताए। ‘झुटो आरोपको पुलिन्दा ओलीजीले लगाउनुभएको छ। झुटमाथि झुट,’ उनले भने, ‘नेपाली कांग्रेसले जुन आर्थिक उदारीकरणको नीति लियो जताततै नीजि उद्योग व्यवसाय फस्टाउन थाले।’

एमालेको अगाडि कांग्रेसको विरोध गर्ने कुनै आधार नभएको उनले बताए। यसअघि आइतबार एमालेले आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले कांग्रेसमाथि आरोप नै आरोप लगाएका थिए। जसको खण्डन गर्दै महतले झुटको पुलिन्दा भएको बताएका हुन्।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  १२ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।