२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


कलंकीमा टिपरले मोटरसाइकललाई ठक्कर दियो, एक जनाको मृत्यु



फाइल फोटो

२८ वैशाख ०७९, काठमाडौँ ।  काठमाडौं कलंकी चोकमा बुधबार बिहान टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। कालिमाटी प्रहरी वृत्तका अनुसार आज बिहान करिब ३ बजेतिर कलंकीमा थानकोटबाट स्वयम्भुतर्फ आइरहेको बा ५ ख ७३४५ नम्बरको टिपरले सोही दिशातर्फ आइरहेको बा ८० प ६३७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

दुर्घटनामा मोटरसाइकलका चालक धादिङको धुनिवेशी नगरपालिका–२ घर भएका ४५ वर्षीय दिवाकर अधिकारीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा मृत्यु भएको हो । टिपर चालक लीलाबहादुर तामाङसहित दुर्घटनामा परेका दुवै सवारीसाधन कालीमाटी प्रहरी वृत्तले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ९ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।