९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


दक्षिण ललितपुरका मतगणना स्थलमा विद्युत् र इन्टरनेटको समस्या




२८ वैशाख ०७९, ललितपुर । दक्षिण ललितपुरको मतगणना स्थलमा विद्युत् र इन्टरनेटको राम्रो व्यवस्था नहुँदा समस्या पर्नसक्ने भन्दै मतदान अधिकृतहरु चिन्तित छन् ।
दक्षिण ललितपुरको दुर्गम गाँउपालिका वागमती गाँउपालिकाका मतदान अधिकृत नागेन्द्रकिशोरी पोखरेलले यहाँ विद्युत्को समस्या रहेको बताए । उनले भने, चट्याङ पर्दा ‘झ्याप्प झ्याप बत्ती गएर अध्यारो हुने रहेछ । हामीले जेनेटर ल्याएका छौं ।’
वागमती गाँउपालिका कार्यालयको इन्टरनेट नै प्रयोग गरिने पोखरेलले बताए ।
माहाँकाल गाँउपालिकाकी मतदान अधिकृत सुशीला ज्ञावालीले पनि मतदान स्थलमा विद्युतको समस्या रहेको बताइन् । व्याकअप भनेर ठूलो जेनेरेटर नराखिएको उनको भनाई छ ।
उनले भनिन्, ‘यहाँ भएको बैकल्पिक व्यवस्थाको रुपमा सोलार प्रयोग गर्दैछौं ।’उता कोञ्ज्योसोम गाँउपालिकामा पनि विद्युत् जानसक्ने समस्यालाई मध्यनजर गरेर सोलार जोहो गरिएको गाँउपालिकाका प्रमुख कार्यंकारी अधिकृत टेकबहादुर बुढथालाले बताए । उनले भने, ‘सोलार त छ । तर नितरन्तर घाम लागे चार्ज होला । नत्र चार्ज हुँदैन ।’
मतगणनाको लागि छुट्टै इन्टरनेटको व्यवस्था नगरिएको उनले माहाँकाल गाँउपालिकाकी मतदान अधिकृत ज्ञावालीले बताइन् । भनिन्,‘पालिकामा भएको इन्टरनेट तानेर चलाइएका छौं ।’प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले निर्वाचनका लागि लक्षित गरेर प्राधिकरणसँग समन्नय गरेर विजुली व्यवस्था गर्ने तयारी भइरहेको बताए । उनले भने, हामी वैकल्पिक व्यवस्था गर्ने व्यापक योजना बनाउदैछौं । प्रमुख जिल्ला अधिकारी उपाध्यायले भने,‘ इन्टरनेटको लागि फोनलगायत सबै श्रोत प्रयोग गरिन्छ ।’
मतगणना स्थलमा तार जाली
ललितपुरका मतगणनाका क्रममा तार जाली राख्ने तयारी गरिएको छ ।
कोञ्ज्योसोम गाँउपालिकाको मतगणना स्थलमा ग्याविन तार(पर्खाल लगाउने तार)ले छेकिएको गाँउपालिकाका प्रमुख कार्यकारी अधिकृत टेकबहादुर बुढथापाले बताए । उनले भने, ‘मतगणना गर्ने ठाँउ तारजालीले बेरेर बलियो बनाइसक्यौं ।’
महाँकाल गाँउपालिकाकी निर्वाचन अधिकृत ज्ञावालीले पनि मत गणनास्थललाई छेक्न तार जाली ल्याइसकेको बताइन् । वागमती गाँउपालिकाका मतदान अधिकृत पोखरेलले तारजाली भित्र बसेर कर्मचारीले मत गणना गर्ने र तार जाली बाहिर प्रतिनिधि बस्ने व्यवस्था हुने बताए ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  १० : ४६ बजे