९ चैत्र २०८२, सोमबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


विद्यालय पनि जेठदेखि दुई दिन विदा



२८ वैशाख ०७९, काठमाडौँ । आगामी जेठ १ देखि शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय शैक्षिक संस्थामा पनि कार्यान्वयन हुने भएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालय दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले वार्षिक विदा कटौति गरेर हप्तामा दुई दिन विदा दिने निर्णय भएको बताए।
मन्त्रिपरिषद्को वैशाख १४ गते बसेको बैठकले शनिबार र आइतबार गरी दुई दिन विदा दिने निर्णय गरेको थियो। शिक्षा तथा मानवस्रोत विकास केन्द्रले निर्णय कार्यान्वयन गर्न विद्यालयहरुलाई परिपत्र गरेको छ।

विद्यालयहरुले साविक बमोजिम नै विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म विद्यालयमा पठनपाठन सञ्चालन गर्नुपर्ने छ। शुक्रबार दिनको १ बजेसम्म पठनपाठन सञ्चालन हुँदै आएकोमा सो दिन पनि अन्य दिनहरुमा जस्तै अपरान्ह ४ बजेसम्म पठनपाठन सञ्चालन गर्नुपर्ने छ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ५ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।