९ पुस २०८२, बुधबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


भोलि मतदानका दिन बर्षा हुने




२९ वैशाख ०७९, काठमाडौं । आज र भोलि मुलुकका विभिन्न क्षेत्रमा वर्षाको आँकलन गरिएको छ । मौसमपुर्वानुमान शाखाकाअनुसार स्थानीय वायु र पश्चिमी वायुसँगै ’असानी’ नामक चक्रवातको असरका कारण वर्षाको आँकलन गरिएको हो ।
महाशाखाका अनुसार पूर्वी र मध्य नेपाल केन्द्रित वर्षा हुनसक्छ। शुक्रबार स्थानीय तह निर्वाचनका लागि मतदान हुँदैछ ।
महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा मेघ गर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा पनि हल्का वर्षाको सम्भावना छ ।
शुक्रबार प्रदेश १, बागमती र गण्डकीका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । अन्य प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चटयाङसहित हल्का वर्षाको आँकलन गरिएको छ ।
राति प्रदेश १ का केही स्थान तथा बागमती र गण्डकीका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहिबार  ८ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।