९ चैत्र २०८२, सोमबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


ज्योतिले अपाङ्गता भएको अनाथ बालबालिकासँग मनाइन् जन्मदिन



२९ वैशाख ०७९, काठमाडौं । समाजसेवी ज्योति घिमिरेले राजधानीको गोकर्णस्थिति संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा रहेको अनाथ बालबालिकाबीच विहिवार आफ्नो जन्मदिन मनाएकी छन् ।
उनले केन्द्रमा रहेका बालबालिकालाई आर्थिक सहयोग, खाद्यान्न सामग्री, शैक्षिक सामाग्री प्रदान गर्दै खाना खुबाएर आफ्नो जन्मदिन मनाएकी हुन् । साथै उनले बालबालिकाहरु संगै केक काटेर खुसियाली साटासाट गरेकी थिइन्।
संस्थाका अध्यक्ष तिल बहादुर कार्कीले संस्थामा ५२ बालबालिका रहेको र आफूहरुले विभिन्न व्यक्तिहरुको सहयोगमा उनीहरूको पालन पोषणा तथा शिक्षा दिक्षा प्रदान गरिरहेको उक्त अवसरमा बताए । समाजसेवी ज्योति घिमिरेले जन्मदिनको अवसरमा साथिभाईसँग रमाइलो, पार्टी भन्दा पनि संस्थाका बालबालिकासँग जन्मदिन मनाउँदा आफूले छुट्टै प्रकारको सुखानुभुती महसुस गरेको बताइन । ‘मैले बर्षै पिछे यसरिनै जन्मदिन मनाउदै आएको छु, यस वर्ष पनि त्यसलाई निरन्तरता दिएकी हुँ’, उनले भनिन् ।
ज्योतिले स्थानीय नेता, समाजसेवी, सञ्चारकर्मी र कलाकारहरुका साथमा जन्मदिन मनाएकी थिइन । उपस्थितहरूले समाजसेवी ज्योतिले जन्मदिनमा गरेको कार्यको प्रशंसा गरेका थिए ।
ज्योति समाजसेवाको माध्यम बाट विभिन्न राष्ट्रिय सम्मान समेत पाउन सफल भएकी एक सुपरिचित नाम हो, महिला ससक्तिकरण, स्वरोजगार, आत्माविश्वासलाइ ससक्त रुपमा अगाडि बढाउदै आएकी उनि एक निडर तथा सामाजिक अभियन्ताको रुपमा परिचित छिन।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहिबार  ९ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।