१३ पुस २०८२, आइतबार | Sun Dec 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


सत्यमोहन जोशी १ सय ३ वर्षमा प्रवेश



३० वैशाख ०७९, ललितपुर । नेपालका सांस्कृतिक धरोहर वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी आज बैशाख ३० गतेदेखि   एक सय दुई बर्ष पुरा गरेर एक सय तिन बर्षमा प्रवेश गरेका छन् ।

बाबु शंकरराज जोशी र आमा राजकुमारीका जेष्ठ सुपुत्रका रूपमा वि.सं १९७७ वैशाख ३० गते ललितपुरको बखुम्बहालमा जन्मिएका नेपालका चर्चित संस्कृतिविद् जोशी १०३ वर्षको उमेरमा पनि निरन्तर सक्रिय छन्।

जोशीलाई लोक संस्कृति र इतिहासको जीवित पुस्तकालयको उपमा नै दिइएको छ।

जोशीले आफ्नो जीवनकालमा तीन पटक मदन पुरस्कार पाइसकेका छन्। जोशीले कला संस्कृतिमाथि कयौँ अनुसन्धानमूलक पुस्तक निकालेका छन्।

२०१३ सालमा ‘नेपाली लोक संस्कृति’,२०१७ मा ‘नेपाली राष्ट्रिय मुद्रा’ तथा २०२८ मा ‘कर्णाली लोक संस्कृति’ पुस्तकका लागि उनले मदन पुरस्कार पाएका थिए।

गएको चैत्र ४ गते २०७८ मा आफ्नो आत्माकथा आफै सार्वजनिक गरेका जोशी केहि समय अघि बिरामी भएर हस्पिटल भर्ना भएका थिए । केहि दिनको हस्पिटल बसाईपछि स्वास्थ्य लाभ गरेर घर फर्किएक छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ९ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।