९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंमा कुन-कुन उम्मेद्वारले गरे मतदान ?



३० वैशाख ०७९, काठमाडौँ । काठमाडौँ महानगरमा मेयर पदको उम्मेदवार केशव स्थापितले मतदान गरेका छन् । बागबजारस्थित पद्मकन्या क्याम्पसको मतदान केन्द्रमा पुगेर उनले मतदान गरेका हुन् । मतदानपछि स्थापितले नयाँ युगको सुरुवात भएको प्रतिक्रिया दिएका छन् । उनले सूर्यलाई नमस्कार गरेर मतदान गर्नुपर्ने बताउँदै आफ्नो जीत सुनिश्चित रहेको पनि बताए ।

काठमाडौं महानगरपालिकाकी मेयरका उम्मेदवार सिर्जना सिंहले मतदान गरेकी छिन् । काठमाडौं महानगरपालिका-१६ स्थित नेपाल युवक माध्यमिक विद्यालयबाट सिंहले मतदान गरेकी हुन् ।

विवेकशील साझा पार्टीको काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार समीक्षा बास्कोटाले मतदान गरेकी छिन् । काठमाडौं मध्य बानेश्वरस्थित भ्याली भ्यु स्कुल केन्द्रबाट मतदान गरेकी हुन् ।

काठमाडौं महानगरपालिकामा विवेकशील साझाबाट मेयर र उपमेयरमा महिला उम्मेदवार छन् । उपमेयरमा कीर्ति तुलाधर उम्मेदवार बनेकी छन् ।

काठमाडौं महानगरपालिकाको उपमेयरकी उम्मेदवार सुनिता डंगोलले पनि मतदान गरेकी छिन् । नेकपा एमालेको तर्फबाट उपमेयरको उम्मेदवार बनेकी डंगोलले काठमाडौं महानगरपालिका-२१ लगनस्थित फसिगाः मतदान केन्द्र पुगेर भोट हालेकी हुन् ।

मतदान गरेपछि आफूलाई मन पर्ने उम्मेदवारलाई मत दिन आग्रह गरेकी छिन् । आफ्नो मताधिकारको सदुपयोग गर्दै मन पर्ने उम्मेदवारलाई मत दिन आग्रह गरेकी हुन् ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  १० : ४० बजे