९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ललितपुरमा अझसम्म पनि आइपुगेन मतपेटिका




३० वैशाख ०७९, ललितपुर । ललितपुरमा ६ वटै पालिकामा राती ९ बजेसम्म पनि मत पेटिका केन्द्रमा संकलन भइरहेको छ ।
जिल्ला निर्वाचन प्रमुख गोमा धमलाका अनुसार अझैैं सबै ठाँउका मत पेटिका संकलन नभएको जानकारी दिएकी छिन् ।
महानगरको मतपेटिका आईपुगे पनि संकलन गर्नेकाम नसकिएको जिल्ला प्रमुख धमलाले जानकारी दिइन् । उनले भनिन्, ‘अझैं १११२ बज्छ होला ।’
उनका अनुसार गोदावरी नगरपालिकाको वडा न. ८ र ९ नम्बरको मतपेटिका आउन बाँकी छ । कोञ्ज्योसोम, वाथमती र माहाँकाल गाँउपालिकाको मत पेटिका पनि संकलन भइरहेको र केही कतदलान केन्द्रका मत पेटिकाहरु आइनसकेको धमलाले बताइन् ।

ललितपुरको दक्षिणी भेगका माहाँकाल, वागमती र कोञ्ज्योसोम गाँउपालिका पहाड र अप्ठ्यारो बाटो भएका कारण मतपेटिका ल्याउन समय लाग्छ ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ९ : ४२ बजे