९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौँको मेयर उम्मेदवार बालेन्द्र शाह ४०२ मतका साथ अघि, उपमेयरमा डंगोल अग्रस्थानमा




३१ बैशाख ०७९, काठमाडौं । काठमाडौँ महानगरपालिकाको मत गणनाको पछिल्लो परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता कायमै रहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार कूल एक हजार १८० मत गणना गर्दा उहाँले ४०२ मत प्राप्त गर्नुभएको हो । सुरुआतदेखि नै अग्रता लिनुभएका साहले मतान्तर बढाउँदै लगेका छन् ।
राष्ट्रिय सभागृहमा जारी मतगणनाको पछिल्लो परिणाममा नेकपा (एमाले) का उम्मेदवार केशव स्थापितले ३१९ मत प्राप्त गर्नुभएको छ । उनी साहभन्दा ८३ मतले पछि छन् । गठबन्धनका तर्फबाट प्रमुख पदमा उम्मेदवारी दिएका नेपाली कांग्रेसकी नेत्री सिर्जना सिंहले २०२ मत ल्याएकी छिन् । उनी साहभन्दा २०० मतले पछाडि छन् । राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ५३ मत प्राप्त गरेका छन् ।
अहिले काठमाडौँ महानगर–१, २, ३ र ३२ को मतगणना जारी रहेको काठमाडौँका जिल्ला निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले जानकारी दिए । काठमाडौँ महानगरमा कूल तीन लाख २४२ मतदातामध्ये एक लाख ९० हजार १७० मत खसेको थियो ।
उपप्रमुखमा डङ्गोलको अग्रता

यस्तै महानगरको उपप्रमुख पदमा नेकपा (एमाले) का उम्मेदवार सुनिता डङ्गोलले अग्रता लिएकी छिन् । सार्वजनिक मत परिणाम अनुसार उनले ५३० मत प्राप्त गरेकी छिन । यस्तै गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले ११० मत ल्याएका छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  १२ : ०१ बजे