२८ फाल्गुन २०८२, बिहिबार | Fri Mar 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सत्ता गठबन्धनले धाँधलीको साहरा लियो: एमाले



लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेल। फाइल तस्बिर।

१ जेठ ०७९, काठमाडौं । नेकपा (एमाले) ले स्थानीय तहको निर्वाचनमा पार्टीले दिएको उजुरीउपर गम्भीरताका साथ ध्यान दिएर कार्यान्वयन गर्न आग्रह गरेको छ । पार्टीका महासचिव शङ्खर पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा पुनः मतदान र मतगणनाका लागि नेकपा (एमाले)ले दिएको उजुरीउपर गम्भीरतासाथ ध्यान दिई कार्यान्वयन गर्न आग्रह गरिएको हो ।

मतदानको दिनलगायत विभिन्न मितिमा केन्द्रीय कार्यालयको तर्फबाट र सम्बन्धित उम्मेदवारहरुले सम्बन्धित पालिकाको निर्वाचन अधिकृत र आयोगसमक्ष दिएका दिएको निवेदनअनुसार निष्पक्ष तवरले पुनः मतदान गराउने र मतगणना गराउन एमालेले आग्रह गरेको छ ।

“जनताले स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित तबरबाट आफ्नो जनप्रतिनिधि छनोट गर्ने र ती जनप्रतिनिधिमार्फत राज्य सञ्चालनमा सहभागी हुन पाउनु नै लोकतन्त्रको आधारभूत पक्ष हो” विज्ञप्तिमा भनिएको छ, “यसैले संविधान निर्माणको क्रममा नेकपा (एमाले) राज्यको माथिल्लो तह सङ्घीय सरकारदेखि स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने पक्षमा उभिएको सबैमा विदितै छ ।”

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ६ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।