८ पुस २०८२, मंगलबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


भीमफेदी गाउँपालिका अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस विजयी




२ जेठ ०७९, मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकामा अध्यक्षमा एमालेका हिदम लामा विजयी भएका छन् ।
सोमबार बिहान सकिएको मतगणना अनुसार लामाले माओवादी केन्द्रका बद्रीबहादुर स्याङतानलाई पराजित गरेका हुन् ।
एमालेका लामाले ५ हजार ५९१ मत प्राप्त गर्दै विजयी भए । माओवादीका स्याङ्तानले ५ हजार २०९ मत प्राप्त गरे । लामा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।
उपाध्यक्षमा कांग्रेसका सञ्जिव श्रेष्ठ विजयी भए । उनले एमालेकी पार्वती रानालाई १६ मतान्तरले पराजित गरे । श्रेष्ठले ५ हजार ३१५ मत प्राप्त गर्दा रानाले ५ हजार २९९ मत प्राप्त गरिन । अघिल्लो स्थानीय तह निर्वाचनमा राना उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ७ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।