७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


भरतपुरमा एमालेका सुवेदीको अघि, माओवादीकी रेणु दाहाल पछि




२ जेठ ०७९, भरतपुर । महानगरपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार उनले तीन हजार ३४२ मत प्राप्त गरेका छन् । पाँच दलीय गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)की रेनु दाहालले तीन हजार ३२७ मत प्राप्त गरेकी छिन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक हजार २०४ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारीले तीन हजार ७ १६ मत पाएका छन् । उनको प्रतिस्पर्धी एमालेसहितको गठबन्धनकी हिमला गुरुङले दुई हजार ६६५ मत पाएका छन् ।
यस्तै हाल गणना भइरहेको वडा नम्बर ३ मा एमालेका विकास थापाले ६७७ र भरत लामिछानेले ४२९ मत पाएका छन् । वडाको गणना जारी रहेको छ । यस वडामा तीन हजार २४४ मत खसेको थियो । यसअघि वडा नम्बर १ र २ को वडाध्यक्षमा गठबन्धनबाट कांग्रेसले विजय हासिल गरेको छ ।

भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ । यस्तै जिल्लाको माडीबाहेकका पाँच पालिकामा पाँच दलीय गठवन्धनको अग्रता छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ९ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।