९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको दक्षिणकाली नगरको मेयर उपमेयरमा कांग्रेस विजयी




२ जेठ ०७९, काठमाडौं । दक्षिणकाली नगरपालिकाको मेयर र उपमेयरमा जीत हासिल गरेर नेपाली कांग्रेसले राजधानीमा खाता खोलेको छ ।
दक्षिणकालीमा कांग्रेसका मोहन बस्नेत विजयी भएका छन् । बस्नेत विसं २०७४ को स्थानीय तह निर्वाचनमा पनि दक्षिणकालीको नगर प्रमुख पदमा विजयी भएका थिए । उनले सात हजार २०१ मत प्राप्त गरेका नगर निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका श्रीराम आचार्यले पाँच हजार १९२ मत पाए ।
नगर उपप्रमुखमा पनि कांग्रेसकै वसन्ती डङ्गोल तामाङ विजयी भएकी छिन्। उन पनि यसअघिको निर्वाचनमा उपप्रमुख पदमा विजयी भएकी थिइन् । उपप्रमुख तामाङले सात हजार ६२३ मत पाउनुभएको नगर निर्वाचन कार्यालयले जनाएको छ ।
उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका इन्दिरा न्यौपानेले चार हजार ८३० मत पाएकी छिन् । नौ वटा वडा रहेको नगरपालिकाको छ वटा वडामा कांग्रेसले जीत हासिल गरेको छ । कांग्रेसले २, ४, ५, ६, ८ र ९ नं. वडाका वडा अध्यक्ष विजयी गराउन सफल भएको छ । वडा नं १, ३ र ७ मा भने एमालेका वडा अध्यक्ष विजयी भएका छन् । नगरपालिकामा १७ हजार ९१६ मतदाता छन् । वैशाख ३० गतेको निर्वाचनमा १४ हजार ४८८ मत खसेको थियो । यो कुल मतदाताको ८०.८७ प्रतिशत भएको नगर निर्वाचन अधिकृत शर्माले जानकारी दिए ।

 

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  १२ : ५८ बजे