९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ललितपुरको महाकाल गाँउपालिकाका सबै वडामा काँग्रेस विजयी, एमाले दोश्रो (मतगणनाको परिणामसहित)



कालेश्वरको प्रवेशद्वारको रुपमा रहेको गोटिखेल बजार । तस्विर ः ललितपुर खबर

३ जेठ ०७९, ललितपुर । दक्षिण ललितपुरको महाकाल गाँउपालिकाको पालिका अध्यक्षसहित सबै वडा नेपाली काँग्रेसले जितेको छ ।
निर्वाचन आयोगको मत परिणाम अनुसार नेकपा एमाले सबै वडामा दोश्रो भयो ।

पालिकाको वडाहरुमा नेपाली काँग्रेसका रामप्रसाद दाहाल,जोनीकुमार न्यासुर,मनोजकुमार पराजुली,कृष्णप्रसाद तिमल्सिना, भुमिनन्द घिमिरे र विनोद चौरेल विजयी भएका हुन् ।
यस पालिकाको अध्यक्षमा नेकपा माओवादी काँग्रेस गठबन्धनका उम्मेदवार गणेश केसी र गठबन्धनकै उपध्यक्ष उम्मेदवार डोल्मा माया गोले विजयी भएकी छिन् ।
गाँउपालिकाकी निर्वाचन अधिकृत सुशीला ज्ञावालीका अनुसारनेपाली काँग्रेसका नेता समेत रहेका अध्यक्षका विजयी गणेश केसीले ३ हजार ४ सय ५५ मत पाएपछि विजयी घोषणा गरिएको हो । उनका निकतम प्रतिश्पर्धी नेकपा एमालेकी कमला तामाङले २ हजार ८ सय ८७ मत ल्याएकी छिन् ।
नेकपा माओवादी केन्द्रका नेता भगिरथ तिमल्सिनाले स्वतन्त्र रुपमा अध्यक्षको उम्मेदवारी दिएकोमा उनले २ सय ३८ मत ल्याएका छन् ।
उपाध्यक्षमा विजयी गोलेले ३ हजार १ मत ५२ ल्याएकी छिन् । उनका निकतम प्रतिश्पर्धी नेकपा एमालेका पुरुषोत्तम हुमागाँईले २ हजार ७ सय ८७ मत ल्याएका छन् ।
नेकपा एककृत समाजबादीका अध्यक्ष उम्मेदवार राजनप्रसाद बञ्जाराले ९ मत पाएका छन् । राप्रपाका अध्यक्षका उम्मेदवार सुरेस घिमिरेले २३ मत पाए भने उपाध्यक्ष उम्मेदवार सञ्चमायाँ सिंगारले ५९ मत ल्याएकी छिन् ।
महाकाल गाँउपालिकाको १ नम्बर वडा बुखेलमा नेपाली काँग्रेसका रामप्रसाद दाहाल विजयी भए । उनले ४ सय ७४ मत ल्याएका छन् भने उनका निकटम प्रतिश्पर्धी नेकपा एमालेका अनिष्थ दाहालले ३ सय ३० मत पाए ।
वडा नम्बर २ बुखेलमा नेपाली काँग्रेसकै जोनीकुमार न्यासुर विजयी भए । उनले ५ सय ६८ मत पाए भने निकटतम प्रतिश्पर्धी नेकपा एमालेका सञ्चमान स्याङतानले ३ सय ४६ मत पाए ।
वडा नम्बर ३ गोटिखेलमा मनोजकुमार पराजुली विजयी भए । उनले ७ सय २० मत पाए । उनका निकटतम प्रतिश्पर्धी गंगाराम तिमल्सिनाले ५ सय ८७ मत पाए ।
वडा नं. ४ चन्दनपुरमा कृष्णप्रसाद तिमल्सिना विजयी भए उनले ७ सय १७ मत पाए भने निकटतम प्रतिश्पर्धी शान्तप्रसाद गौतमले ४ सय ४९ मत पाए ।
वडा नं. ५ कालेश्वरमा नेपाली काँग्रेसका भुमिनन्द घिमिरे निर्वाचित भए । उनले ४ सय ८२ मत पाए भने उनका निकटतम प्रतिश्पर्धी नेकपा एमालेका राजकुमार घिमिरेले ३सय ८० मत पाए ।
वडा नम्बर ६ ठूलादुर्लुङमा विनोद चौरेल विजयी भए । उनले ५ सय २१ म्त पाए भनेृनका निकटम प्रतिश्पर्धी नेकपा एमालेका रमण बञ्जाराले ४ सय २८ मत पाए ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ९ : १५ बजे