९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरको उपमेयरको मतगणनामा एमालेकी मञ्जली अगाडि, गठबन्धनका वावुराज पछाडि




ललितपुर खबर
३ जेठ ०७९, ललितपुर । ललितपुर महानगरको मतगणनाको क्रममा नेकपा एमालेकी मञ्जली शाक्य अगाडि लागेकी छिन् भने गण्बन्धनका उम्मेदवार वावुराज महर्जन पछि परेका छन् ।
ललितपुर महानगरको निर्वाचन कार्यालयका अनुसार नेकपा एमाले उपमेयरकी उम्मेदवार मञ्जली शाक्यले अहिलेसम्म ३ हजार ९ सय ६२ मत पाएकी छिन् । गठबन्धनका तर्फबाट उम्मेदवार वावुराज महर्जनले २ हजार ४ सय ५१ म्त पाएका छन् ।
मेयरतर्फको नजिता भने ठिक उल्टो छ । गठबन्धनका उम्मेदवार

चिरिवावु महर्जनले ७ हजार ७ सय २ मत पाएका छन् । नेपा एमालेका उम्मेदवारभरिकृष्ण व्यञ्जनकारको ३ हजार ३ सय ७४ रहेको छ ।
राप्रपा नेपालका मेयर उम्मेदवार अष्टबहादुर महर्जनले ७ सय २० मत ल्याएका छन् । राप्रपाकै उपमेयर उम्मेदवार स्वर्णिमा शाक्यले १ हजार २ सय ९० मत पाएकी छिन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  १२ : ०८ बजे