८ पुस २०८२, मंगलबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सरकारले सार्वजनिक सवारी साधनको भाडा बढायो, हेर्नुहोस् कहाँको कति ?



३ जेठ ०७९, काठमाडौं । पेट्रोल डिजेलको मूल्य बढेसँगै सरकारले सार्वजनिक सवारीसाधनको भाडा वृद्धि गरेको छ। बुधबार जेठ ४ बाट लागु हुने गरी सरकारले विद्यमान भाडादरमा ५.१ प्रतिशतसम्म भाडा बढाएको हो। पेट्रोलियम पदार्थको मूल्यमा घटबढसँगै स्वचालित रुपमा सार्वजनिक सवारी साधनको मूल्य समायोजन हुने व्यवस्था लागु भएसँगै गत शनिबार भएको डिजेलको मूल्य वृद्धिलाई आधार मानेर भाडा वृद्धिको निर्णय यातायात व्यवस्था विभागले मंगलबार वैशाख ३ मा गरेको हो।

यो बढेको भाडा दर दुई वा दुईभन्दा बढी प्रदेश भएर राष्ट्रिय रुटमा संचालित सार्वजनिक सवारी साधनहरुमा लागु हुनेछ। यो केन्द्र सरकारको यातायात व्यवस्था विभागले गरेको निर्णय हो। यसैका आधारमा प्रदेश सरकारले पनि सार्वजनिक सवारीसाधनको भाडा समायोजन गर्नेछन्।

बुधबारदेखि लागु हुने गरी गरिएको भाडा वृद्धि यात्रुवाहक सवारी साधनको हकमा ३.५ प्रतिशत,पहाडी बाटोमा संचालन हुने मालवाहक सवारीसाधनमा ४।६ प्रतिशत र तराइको बाटोमा संचालन हुने मालवाहक सवारीमा ५.१ प्रतिशतले भएको छ।

वैशाख ३१ गते एकैपटक अहिले‍सम्मकै सर्वाधिक रकमले (१० रुपैयाँ प्रतिलिटर) इन्धनको मुल्य बढेसँगै सार्वजनिक सवारीसाधनको भाडा बढाइएको हो।

सार्वजनिक यातायातको भाडा समायोजन गर्दा आधार मानिएको इन्धनको बजार मुल्य ५ प्रतिशत वा सोभन्दा बढीले बढेमा वा घटेमा यातायात व्यवस्था विभागले वैज्ञानिक भाडादर समायोजन प्रणालीअनुसार अन्तरप्रदेशको भाडा समायोजन गर्छ।

final20790203antrprdeshbhaaddaadr2022-05-17_05-15-26-239

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ६ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।