९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


उपत्यकामा राप्रपाले खाता खोल्यो, शंकरापुरको मेयरमा नापित




३ जेठ ०७९, काठमाडौं । स्थानीय चुनावमा उपत्यकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले खाता खोलेको छ । राप्रपाले यो चुनावमा मात्र नभई दशकौंपछि पहिलोपटक उपत्यकामा महत्वपूर्ण जीत हासिल गरेको हो ।
राप्रपाका रमेश नापितले गठबन्धनका साझा उम्मेदवार र नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै जीत निकालेका हुन् । अघि र पछि गर्दै मतगणना रोचक भइरहँदा नापितले झीनो मतान्तरले जीतेका हुन् । उपमेयरमा काँग्रेसकी समिता श्रेष्ठ विजयी भइन् ।

शंकरापुरमा एमालेले एउटा वडाबाहेक सबै गुमाएको छ । २०७४ को चुनावमा एमालेले मेयर, उपमेयरका अलावा ५ वडा जितेको थियो ।
यसपटक राप्रपाले शंकरापुरमा ३ वडा जित्दा, काँग्रेसले ४, माओवादीले १ र एमालेले १ वडा जितेको थियो ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ८ : १९ बजे