९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरमा लगातार १० पटकसम्म वडाध्यक्ष बनेका व्यञ्जनकार पराजित



४ जेठ ०७८,  ललितपुर। ललितपुर महानगरपालिका वडा नम्बर १० मा १० पटकसम्म वडाध्यक्ष जितेका नरसिंह व्यञ्जनकार यस पटकको स्थानीय तह निर्वाचनमा भने पराजित भएका छन् ।

२०७९ को स्थानीय तह निर्वाचनमा ११ औं पटक वडा अध्यक्ष पदमा उनी स्वतन्त्र रुपमा प्रतिस्पर्धामा उत्रिएका थिए । तर उनी यसपटक भने आफ्नै भतिज रविनमान व्यञ्जनकारसँग २८२ मत अन्तरले पराजित भए ।

८१ वर्षीय नरसिंहले ५४३ मत पाउँदा उनका ४४ भतिज रविनमानले ८२५ मत ल्याउँदै वडा अध्यक्ष पद जिते । रविनमान नेपाली कांग्रेसका उम्मेदवार हुन् ।

नरसिंह भने स्वतन्त्र रुपमा चुनाव लडेका थिए । उनले पुतली चुनाव चिह्न पाएका थिए ।

नरसिंह २०२९ सालमा पहिलो पटक वडाध्यक्ष बनेका थिए । त्यतिबेला उनले दरबार निकट मानिने देवेन्द्रलाल अमात्यलाई हराएका थिए । त्यसयता लितपुर महानगरपालिका वडा नम्बर १० को नेतृत्व उनले नै गर्दै आएका थिए ।

बहुदल आएपछिको पहिलो स्थानीय चुनावमा उनी नेपाली कांग्रेसको तर्फबाट निर्विरोध भएका थिए । २०७४ को स्थानीय चुनावमा पनि उनी स्वतन्त्र रूपमा नै चुनाव जितेका थिए ।

नरसिंह र रविनमानसँगै सो वडाको अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका राप्रपाका वीरबहादुर तामाङले ८० र माओवादी केन्द्रका रघुनाथ दुलालले ४७ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  ९ : १४ बजे