९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरमा गठबन्धन र एमालेको नाटकीय नतिजा




६ जेठ ०७९, ललितपुर । ललितपुर महानगरमा ४१ हजार ३८८ मत गणना हुँदा काँग्रेस माओवादीबीचको गठबन्धन र एमाले उम्मेदवारहरुको मत हेर्दा नाटकीय नतिजा आइरहेको पाइएको छ ।
एमालेविरुद्ध माओवादी काँग्रेसले गठबन्धन गरेको भए पनि नेपाली काँगे्रसका मेयर उम्मेदवार चिरिवावु महर्जनको तुलनामा उपमेयरका उम्मेदवार वावुराज बज्राचार्यको मत थोरै छ । ३ हजारभन्दा धेरै उम्मेदवार नै नभएको रुखमा छाप लगाइएको छ भने माओवादीका उम्मेदवार वावुराज बज्राचार्यले मत पाएका छैनन् ।
माओवादी केन्द्र ललितपुरका एक नेताले आफूहरुलाई महानगरमा धोका भएको बताए । उनले भने, हामीले चाही मेयर उम्मेदवार चिरिबाबु महर्जनलाई मतदान ग¥यौं तर काँग्रेसका कार्यकर्ताले हाम्रा उपमेयरका उम्मेदवारलाई मतदान गरेनछन् । उनीहरुले रुखमै छाप लगाएछन् ।
तर काँग्रेस नेताहरु भने यो तर्क मान्न तयार छैनन् । उनीहरु जनतालाई बुझाउन नसक्दा यो परिस्थिती आएको बताउछन् ।
उनीहरुका अनुसार निर्वाचनको क्रममा कार्यकताृहरुले पर्याप्त मतदाता शिक्षा दिन नसकेको निर्वाचन प्रचारका क्रममा सडकमा नमस्कार गर्दै हिडेको घर घर पुगेर प्रचार गर्न नसक्दा भोट हाल्नेहरुले उम्मेदवार नै नभएको चिन्हमा छाप लगाएको बताउछन् ।
पछिल्लो समय गठबन्धन हुँदा पनि नेकपा एमालकी उम्मेदवार मञ्जली शाक्य र गठबन्धनका उम्मेदावर वावुराज बज्राचार्यबीच ३ हजार मतान्तर भएको छ ।
मञ्जलीले ९ हजार ३ सय ६२ मत पाएकी छिन् भने गठबन्धनका उम्मेदवार वावुराजको ६ हजार ६ सय ७० मत मात्रै रहेको छ । नेकपा माओवादीसँग पाटी एकता भएपछि एमालेमै रहेर सक्रिय राजनीतिमा लागेकी मञ्जलीले माओवादीको पनि केही भोट पाएकोले पछिल्लो परिणाम भएको बताइन्छ ।


उता माओवादी सहित गठबन्धन रहेको नेपाली कांग्रेसका मेयर उम्मेदवार चिरिबाबु महर्जनले मतान्तर झन् फराकिलो बनाउदै लगेका छन् । उनी नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारभन्दा ९ हजार भन्दा बढी मतले अघि छन् ।
निवर्तमान मेयरसमेत रहेका महर्जनले २१ हजार ३११ मत पाउँदा एमाले व्यञ्जन्कारले १२ हजार १४९ मत पाएका छन् । तथ्याङ्कको विश्लेषण गर्दा माओवादी कार्यकर्ताले नेपाली काँग्रेसका उम्मेदवार चिरिबाबु महर्जनलाई राम्रोसँग भोट हालेको बुझन सकिन्छ ।
स्थानीय नेताहरु गठबन्धनमा धोकाधडीका कारण नै ललितपुरमा नाटकीय नजिता आएको जिकिर गर्छन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ९ : ३२ बजे