७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


६ सय ९० पालिकाको मत परिणाम सार्वजनिक, हेर्नुहोस् कसको कति ?



७ जेठ ०७९, काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत हालसम्म ६ सय ९० वटा पालिकाको नतिजा आएको छ । आयोगका अनुसार २ सय ४३ नगरपालिका र ४ सय ४७ गाउँपालिका गरी ६ सय ९० पालिकाको मत परिणाम सार्वजनिक भएको हो ।

नेपाली कांग्रेसले मेयर १ सय २१ र अध्यक्षमा १ सय ८४ गरी ३ सय ५ पालिकामा प्रमुख पद जितेको छ । उपमेयरमा ९३ र उपाध्यक्ष १ सय ८७ गरी २ सय ८० ठाउँमा कांग्रेसले उपमेयर तथा उपाध्यक्ष जितेको छ ।

नेकपा एमाले दोस्रो स्थानमा छ । उसले मेयरमा ६६ र अध्यक्षमा १ सय २१ गरी १ सय ८७ पालिकामा जितेको छ । एमालेले उपमेयर ८९ र उपाध्यक्ष १ सय २२ गरी २ सय ११ पालिकामा उपमेयर तथा उपाध्यक्ष जितेको छ ।

माओवादी केन्द्रले मेयर २३ र अध्यक्ष ९६ गरी १ सय १९ पालिकामा प्रमुख तथा उपमेयर ३१ र उपाध्यक्ष ९३ गरी १ सय २४ पालिकामा उपमेयर तथा उपाध्यक्ष पद जितेको छ ।

एकीकृत समाजवादीले ९ पालिकामा मेयर, जसपाले १९ पालिकामा अध्यक्ष तथा स्वतन्त्र र अन्य दलले अहिलेसम्म ५१ वटा पालिकामा मेयर तथा अध्यक्ष जितेका निर्वाचन आयोगको विवरण छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार  १२ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।