८ पुस २०८२, मंगलबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मकवानपुरमा जिप दुर्घटनाः ४ जनाको मृत्यु



७ जेठ ०७९, मकवानपुर ।   मकवानपुरमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । जिल्लाको इन्द्रसरोवर गाउँपालिका–२, कुलेखानी सिमखोलामा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार वीरगन्जबाट काठमाडौंका लागि छुटेको ना ४ च २३१५ नम्बरको जिप शनिबार साँझ ५ बजेको समयमा दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले दुर्घटनामा मृत्यु भएकाको सनाखत हुन बाँकी रहेको बताए ।

जिपमा सवार अन्य ४ जना घाइते भएका छन्। तिव्र गतिका कारण जिप अनियन्त्रित भइ पुलमा ठोक्किएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार  ९ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।