७ असार ०७९, काठमाडौं । प्रहरीले काठमाडौँको स्वयम्भूबाट मनोज पाण्डेलाई सौन्र्दय प्रतियोगितामा सहभागी युवतीलाई बलात्कार ( जर्नवस्ती करणी( गरेको आरोपमा पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार एक युवतीले आठ वर्षअघि सौन्दर्य प्रतियोगिता अयोजना गरी आफूमाथि बलात्कार(जबर्जस्ती करणी) गरेको सामाजिक सञ्जालबाट सार्वजनिक गरेपछि उक्त कार्यालयबाट खटिएको टोलीले आज साँझ पाण्डेलाई नियन्त्रणमा लिएको हो ।
सामाजिक सञ्जालमा ती युवतीद्वारा सार्वजनिक श्रव्य सामग्रीमा पाण्डेमाथि सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनल नामक सौन्दर्य प्रतियोगिता आयोजना गरेको र कार्यक्रम सकिएपछि छ महिनासम्म आफूलाई धम्क्याएर बदात्कार गरेको आरोप लगाइएको छ । उक्त घटनाको अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी प्रधान कार्यालयले उक्त भिडियोमा उल्लिखित विषयमा अनुसन्धान गर्न प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति बनाएको छ । समितिले घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको संयोजक कुँवरले जानकारी दिएका छन् ।
प्रतिक्रिया