७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार हमालकाे जित शुनिश्चित, प्रतिस्पर्धी भन्दा १० हजार मतले अगाडी




७ जेठ ०७९, धनगढी । सुदूरपश्चिमकै एक मात्र उप महानगरपालिका रहेको धनगढीमा स्वतन्त्र उम्मेदवारले जीत हासील गर्ने निश्चित भएको छ ।
धनगढी उप महानगरपालिकामा खसेको ६३ हजार ७ सय १५ मत मध्य शनिबार दिउँसो सम्म ५१ हजार ६५ मत गणना हुँदा स्वतन्त्र उम्मेदवार गोपाल हमालले २२ हजार ५ सय ४१ मत ल्याएर लिड गरिरहेका छन् ।
उनि दलका उम्मेदवार भन्दा १० हजार मतले अगाडी रहेका छन् । धनगढीमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नृपबहादुर वडले ११ हजार ५ सय ४४ मत पाएका छन् भने एमालेका उम्मेदवार रणबहादुर चन्दले ६ हजार ४ सय २३ मत मात्रै पाएका छन् ।
मत गणना करिव करिव अन्तिम चरणमा पुग्दा स्वतन्त्र उम्मेदवार गोपाल हमाल दलका उम्मेदवार भन्दा १० हजार ९ सय ९७ अघि छन् ।
अव धनगढीमा करिब साढे १२ हजा मत गन्न बाँकी रहेको छ । साढे १२ हजार मत गन्दा कुनै पनि उम्मेदवारको पक्षमा एक लौटी जाने सम्भावना पनि छैन । त्यसैले एस पटक सुदूरपश्चिमको एक मात्र उप महानगरपालिकामा स्वतन्त्र उम्मेदवारले कब्जा जमाउने निश्चित भएको छ ।

धनगढी उप महानगरपालिकाका १९ वडा मध्य १,२, ३, ४, ५, ६, ७, ८, १४, १५, १६, १७, १८, १९ को मतगणना सम्पन्न भइसकेको छ । मत गणना सम्पन्न भएका मध्य १, २, ३, ४, ५, १४, १५, १७, १९ को वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । यसैगरी वडा नम्बर ७ , ८ र १८ मा एमालेका उम्मेदवार विजयी हुँदा वडा नम्बर ६ र १६ मा मावबादी केन्द्रका उम्मेदवार वडा अध्यक्षमा विजयी भएका छन् । धनगढी–१३ को मत गणना अन्तिम चरणमा छ, भने वडा नम्बर ९, १०, ११, १२ को मतगणना जारी छ ।
२०७४ को निर्वाचनमा पनि गोपाल हमालले धनगढी उप महानगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवारी दिएका थिए । त्यतिवेला उनि कांग्रेसका उम्मेदवार नृप बहादुर वड संग २७ सय मत अन्तरले पराजीत बनेका थिए । यस पटक उनै नृप वडलाई पराजीत गरेर ०७४ को हारको बदला लग्दै गोपाल हमाल धनगढीको मेयर बन्ने लगभग निश्चित भएको छ । न्युज कारखाना

 

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  ७ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।