२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को आज प्रस्तुत गर्ने




१० जेठ ०७९, काठमाडौं । संघ सरकारले आगामी आर्थिक वर्ष ०७९\८० को नीति तथा कार्यक्रम ल्याउँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले दिउँसो ४ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका छ ।
संवैधानिक व्यवस्थाअनुसार हरेक वर्षको १५ जेठमा संघीय सरकारको बजेट प्रस्तुत गर्ने समय निर्धारण गरिएको छ । नयाँ बजेटभन्दा कम्तीमा पनि एक साताअघि नीति तथा कार्यक्रम ल्याउनुपर्ने भए पनि चुनावका कारण केही ढिलाइ भएको सरकारी दाबी छ ।
नीति तथा कार्यक्रमलाई आधार मानेर सरकारले नयाँ बजेट प्रस्तुत गर्ने गर्छ ।
अर्थ मन्त्रालय अहिले बजेटको अन्तिम तयारीमा छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  ७ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।