९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


‘ललितपुरमा गठबन्धन : माओवादीलाई धोका’




१० जेठ ०७९, ललितपुर । ललितपुरका स्थानीय नेताहरु काँग्रेस माओवादी गठबन्धन माओवादीलाई धोका भएको निश्कर्षमा पुगेका छन् ।
ललितपुरको महानगर, महालक्ष्मी नगरपालिका, कोञ्ज्योसोम, वागमती र महाँकाल गाँउपालिकामा गठबन्धन गरेर निर्वाचनमा होमिएको नेकपा माओवादी कोञ्ज्योसोम,महालक्ष्मीमा पराजय भएको छ भने महानगरमा पनि उहि परिस्थितीमा छ । ललितपुरको वागमती र महाँकालमा भने माओवादीले उपाध्यक्षमा विजय प्राप्त गरेको छ ।
महालक्ष्मी नगरबाट मेयर पदमा उममेदवारी दिएका शिव कट्टेल काँग्रेसका नेताहरुको आन्तरिक द्वन्द्वको पार्टीभित्र कारण हातपात समेत भएको उल्येख गर्दै पार्टीको रिस गठबन्धनमा ल्याएर पोखेको बताउछन् ।
उनी भन्छन्, ‘हामीलाई सबैभन्दा ठूलो घात गरे । गठबन्धन गरेको भन्ने तर एमालेसँग साँटगाँठ गरेर जिताए । यो राम्रो भएन ।’
काँग्रेस नेताहरुले मिलेको र सालिन देखाएको तर भोट भने नहालेको बताए । उनी भन्छन्, ‘असन्तुष्टि भए बाहिरै देखाएको भए हुन्थ्यो ।’
सतप्रतिश्त गठबन्धन लागू हुनुपथ्र्यो भन्ने आफूले नसोचे पनि ५० प्रतिशत नेपाली काँग्रेसको भोट आउने आफूले अपेक्षा गरेको उनको भनाइ छ । ‘तर ३० प्रतिशत पनि भोट आएन ।’ उनी भन्छन् ।
नेकपा माओवादी केन्द्रका ललितपर जिल्ला इन्चार्ज हरि दाहालले कोञ्ज्योसोम, महालक्ष्मी र ललितपुर महानगरमा गठबन्धन लागू नभएको निश्कर्षमा पुगेको बताए ।
केही दिनपछि पार्टीको बैठक बसेर गठबन्धनमा भएको धोकाको विषयमा गम्भिर समिक्षा गरिने बताए ।
कोञ्ज्योसोम गाँउपालिकाको अध्यक्षमा पराजित गोपिलाल सिंतान पनि असन्तुष्ट रहेको बुझ्न सकिन्छ । आफ्नो पराजयपछि मतदातालाई धन्यवाद दिदै कृषि,पर्यटन ,संस्कृती विकास र पुर्वधार,सुशासन युक्त सभ्य र समृद्ध कोन्ज्योसोम को आधार मा पुर्ण प्रतिबद्ध रहने प्रतिकृया दिएका छन् ।
नवनिर्वाचित कृष्णमान लामाले टेलिफोन गरेरै सपथग्रहण कार्यक्रममा निवर्तमान अध्यक्ष गोपिलाललाई निम्ता गरेको बताए । तर कार्यक्रममा उनी सहभागी भएनन् । निवर्तमान उपाध्यक्ष मिङ्मा लामा भने सहभागी थिइन् । उनी सपथ ग्रहण कार्यक्रममा नै सहभागी भए ।
उनले सामाजिक सञ्जालबाट विजेताहरुलाई कुनै बधाई दिएको देखिदैन ।
गठबन्धनमा आन्तरिक कचिलो रहेकै अवस्थामा महाकाल गाँउपालिकाबाट उम्मेदवारी दिएका भगिरथ तिमल्सिना पार्टीको निर्देशनमा टिकट लिएको भए पनि कारवाहीको हल्ला चलाएर ठुलो क्षति बेहोर्नु परेको बताउछन् ।

 

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  १२ : ५५ बजे