१६ कार्तिक २०८१, शुक्रबार | Fri Nov 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


आर्ट काउन्सिलमा ‘कला प्रदर्शनी’ सुरु



१२ जेठ ०७८, काठमाडौं । सिर्जना कलेज अफ फाइन आर्टसको आयोजनमा काठमाडौँको बबरमहलस्थित नेपाल कला परिषद्मा एकहप्ते कला प्रदर्शनी आयोजना गरिएको छ ।
कलेजसँग सम्बद्ध २४ प्रतिनिधिका ५१ वटा चित्र प्रदर्शनीमा समावेश रहेको आयोजकले जनाएको छ । प्रदर्शनीमा एक कलाकारका पाँच वटासम्म चित्र समेटिएको छ । कलाकारले विभिन्न समसामयिकसहित, जनजीविका, अमूर्त, धार्मिक, सांस्कृतिक तथा सम्पदा र पुरातात्विक क्षेत्रका चित्र सिर्जना गरेका छन् । फ्याँकिएका वस्तुबाट बनेका चित्रसमेत प्रदर्शनीमा राखिएको छ ।
कलेजका संस्थापक सदस्य तथा प्राध्यापक सुनिल रञ्जितले सिर्जना २०२२ शीर्षकमा कला प्रदर्शनी आयोजना गरिएको जानकारी दिए । कलेजमा आबद्ध अग्रज कलाकारको सिर्जना प्रदर्शनी गर्दा विद्यार्थीलगायत अन्य कलाकारलाई समेत प्रेरणा मिल्ने र समाजमा कलेजको पनि उपस्थिति देखिने भएकाले प्रदर्शनी आयोजना गर्दै आइएको रञ्जितले जानकारी दिए ।
उनका अनुसार गत वर्ष कोरोनाका कारण प्रदर्शनी आयोजना गर्न नसकिए पनि यसपटक चौथो संस्करणका रुपमा प्रदर्शनी आयोजना गरिएको हो । यसरी कलेजले सन् २०१८ देखि प्रदर्शनी गर्दै आइएको थियो । प्रदर्शनीअन्तर्गत बिहीबार विद्यार्थीले प्रत्यक्षरुपमा मुहार चित्र सिर्जना गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  ७ : ०६ बजे