![]()
१३ जेठ ०७९,काठमाडौँ । प्रहरीले सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालालाई पक्राउ गरेको छ ।
श्रीमती हत्याको अभियोगमा जन्मकैदको सजाय छुट दिने पहिलेको आफ्नै फैसला सर्वोच्च अदालतले उल्ट्याएपछि प्रहरीले कोइरालालाई पक्राउ गरेको हो । उनलाई काठमाडौंको बानेश्वरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सर्वोच्च अदालतले कैद कटाएपछि २०७७ साउन ८ गते छुटेका थिए । तर सर्वोच्चको बृहत पूर्ण इजलासले फैसला उल्टाउँदै बिहीबार मात्र जन्मकैदको सजाय हुने फैसला गरेको थियो ।
कोइरालाले २०६८ सालमा श्रीमतीको हत्या गरी शवसमेत नष्ट गरेका थिए । उनलाई २०७१ सालमा काठमाडौं जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको थियो । सोही आदेशलाई पुनरावेदन अदालत पाटनले पनि सदर गरेको थियो ।







प्रतिक्रिया