३ माघ २०८२, शुक्रबार | Fri Jan 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


वायुसेवा सञ्चालक संघ भन्छ, ‘तारा एयरको विमान लार्जुङको खोचमा भेटिएकाे छ’



जेठ १५ ०७९, काठमाडौं । तारा एयरको विमान मुस्ताङको लाजुङको खोचमा दुर्घटना अवस्थामा भेटिएको छ। घाँसाभन्दा माथि लेते र त्यसमाथि लाजुङ भन्ने ठाउँमा विमान दुर्घटना भएको भेटिएको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज शर्मा कँडेलले जानकारी दिएका छन् ।
उनले उडान भएको १८ मिनेटपछि जहाज सम्पर्कविहीन भएको बताए। पोखराबाट १९ जना यात्रु र तीनजना चालक दलका सदस्य बोकेर जोमसोमका लागि उडेको जहाज दुर्घटनामा परेको हो। पोखरा विमानस्थलबाट उडेको ‘नाइन एनएइटी’ जहाज दुर्घटनामा परेको हो।

जहाजमा चालक दलका सदस्य प्रभाकर घिमिरेले बिहान ९ बजेर ५५ मिनेटमा जहाज उडाएका थिए।

जहाज बिहान १० बजेर १५ मिनेटमा जोमसोम विमानस्थलमा अवतरण गर्नुपर्ने थियो। ४ जना भारतीय पर्यटकसहित ६ जना विदेशी र १३ जना नेपाली यात्रु रहेका छन्।

 

 

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  १ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।