८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


भाउजुलाई पेट्रोल छर्केर आगो लगाउने देवर पक्राउ



साँकेतिक तस्विर : इन्टरनेट

१६ जेठ ०७९, सप्तरी । भाउजुलाई पेट्रोल छर्केर आगो लगाई फरार रहेका देवर पक्राउ परेका छन्। पक्राउ पर्नेमा सप्तरीको बोदे बर्साईन नगरपालिका– १ धनगढीका २५ वर्षीय परमेश्वर साह छन्।
उनले दाजु रविन साहकी २७ वर्षीया श्रीमती राजकुमारी साहलाई २१ माघ २०७८ मा घरमा खानापकाई रहेको अवस्थामा जिउभरि पेट्रोल छर्की आगो लगाएका थिए।
उपचारको क्रममा भाउजु राजकुमारीको मृत्युु भएको थियोे । भाउजुको मृत्युपश्चात् राजन फरार रहँदै आएका थिए। गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बोदे बर्साईनबाट खटिएका वरिष्ठ प्रहरी नायव निरीक्षक सुरेश पालको नेतृत्वको टोलीले पक्राउ गरेको हो।

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  १२ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।