
१७ जेठ ०७९, चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५५ वर्षीया सोतिमाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका अनुसार राप्ती १ स्थित चितवन राष्ट्रिय निकुञ्जभित्र घाँस काट्ने क्रममा तामाङलाई आज दिउँसो बाघले आक्रमण गरेको थियो ।
बाघको आक्रमणबाट उनको घटनास्थलमा नै मृत्यु भएको हो ।







प्रतिक्रिया