९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको काँडाघारी र टोखामा दिउसै चोरी




१८ जेठ ०७९, काठमाडौं । काठमाडौंको टोखा र काँडाघारीमा दिउँसै चोरी भएको छ ।
प्रहरीका अनुसार कागेश्वरी मनोहरा नगरपालिका ९ काँडाघारी डेरा गरी बस्ने मोरङ
रतुवामाई नगरपालिका ६ घर भएको भुवन काफ्लेको कोठाको ढोकाको ताल्चा फुटाई नगद
तथा सुनचाँदीका विभिन्न गरगहना समेत गरी करिब ३ लाख ५५ हजार रूपैयाँ बराबराको
धनमाल मंगलबार दिउँसो चोरी भएको हो ।

यसैगरी टोखा नगरपालिका ५ डेरा गरी बस्ने ओखलढुंगा सिद्धिचरण नगरपालिका ६ घर
भएका ३५ वर्षीय राम बहादुर दुरालको कोठामा कोही नभएको अवस्थामा कोठाको
पछाडिको झ्याल फोडी नगद तथा सुनचाँदीका विभिन्न गरगहना समेत गरी करिब १० लाख
रूपैयाँ बराबरको धनमाल मंगलबार चोरी भएको छ ।
चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले
आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार  २ : ०४ बजे