९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


जावलाखेल ल्याइयो रातो मच्छिन्द्रनाथको रथ



१८ जेठ ०७९, ललितपुर । रातो मच्छिन्द्रनाथको रथ तानेर जावलाखेल ल्याइएको छ । वैशाख शुक्ल पक्ष प्रतिपदाको साइतमा सुरु गरिएको उक्त रथ बुधबार जावलाखेल ल्याइएको हो । रथ तानेर लगनखेलमा पुगेपछि नरिवल खसालेर जावलाखेल पुगेपछि राष्ट्रप्रमुखको उपस्थितिमा भोटो देखाउँदै जात्रा समापन गरिन्छ ।

मच्छिन्द्रनाथलाई लोकनाथ, रातो मच्छिन्द्रनाथ वा मत्स्येन्द्रनाथ, बुङ्गमलोकेश्वर, बुँगद्यः, आर्यावलोकितेश्वर, वृष्टिदेव आदि विभिन्न नामले पनि चिनिन्छ । यस जात्रामा उपत्यकावासीले श्रद्धापूर्वक पूजापाठ गरी भोज पनि खाने गर्छन् ।

मच्छिन्द्रनाथको रथयात्रा ८०० सालमा नरेन्द्रदेवको छोरा राजाले सुरु गरेको विश्वास रहिआएको छ । उक्त रथलाई हरेक वर्ष जात्रा अवधिभर ललितपुरको टोल घुमाउने प्रचलन छ । यो जात्रा वैशाख महिनाको शुक्लपक्षअन्तर्गत प्रतिपदादेखि असार शुक्ल चौथीसम्म करिब दुई महिना मनाउने गरिन्छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार  ८ : ४६ बजे