१६ कार्तिक २०८१, शुक्रबार | Fri Nov 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


पल शाहलाई थुनामै राख्न उच्च अदालतको आदेश



१९ जेठ ०७९, काठमाडौं । नाबालिकमाथि जबरजस्ती करणी गरेको अभियोगमा थुनामा रहेका चलचित्र नायक पल शाहको साधारण तारेखमा रिहा गर्नुपर्ने निवेदन अस्वीकृत भएको छ । उच्च अदालत पोखराले उनलाई थुनामै राख्ने जिल्ला अदालत तनहुँको आदेशलाई सदर गरेको हो ।
न्यायाधीशद्वया उज्ज्वल शुक्ला र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले जिल्ला अदालतको आदेशलाई सदर गर्ने फैसला सुनाएको हो । फैसलापछि पल शाह थुनामै रहने भएका छन् ।
पल शाहलाई जिल्ला अदालत तनहुँले कारागार चलान गर्ने आदेश दिएकोमा उच्च अदालत पोखरामा निवेदन दिएका थिए । साधारण तारेखमा रिहा गर्नुपर्ने भन्दै उनका पक्षकाले निवेदन दिएका थिए ।

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार  ८ : १८ बजे