८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


‘सर्वजित’ फिल्मका लागि मन्त्री आलेले पाँच महिनाको तलब दिने



२१ जेठ ०७९, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले चलचित्र ‘सर्वजित’ निर्माणका लागि आफ्नो पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार आयोजित एक कार्यक्रमबीच चलचित्रको शुभमुहूर्त कार्यक्रममा भएको थियो। चलचित्रको आज बालुवाटारबाट नै प्रधानमन्त्री शेरबहादुर देउवाले शुभ मुहूर्त गरेका हुन्।

उक्त कार्यक्रममा मन्त्री आलेले चलचित्र निर्माणका लागि आफ्नो पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गरे। चलचित्रलाई दिनेश डिसीले निर्देशन गर्नेछन्। ‘सर्वजित’ नामक चलचित्र दलित आन्दोलनका अगुवा भगत सर्वजित विश्वकर्माको जीवनमा आधारित हुने बताइएको छ।

शनिबार जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसका अवसरमा उक्त चलचित्रको शुभमुहूर्त गरिएको हो। चलचित्र निर्माणका लागि रु एक करोड २५ लाखको लागत अनुमान गरिएको छ।

प्रकाशित मिति : २१ जेष्ठ २०७९, शनिबार  ४ : ५६ बजे