
२३ जेठ ०७९, काठमाडौं । काठमाडौं महानगरमा नगरवासीको समस्या, गुनासो सम्बोधनका लागि कल सेन्टर सञ्चालन भएको छ । आजैबाट कल सेन्टरमार्फत आफ्नो समस्या महानगरमा राख्न मिल्ने भएको हो । कल सेन्टरमा कल गर्ने नम्बर १६६००१०५५११ रहेको महानगरले जनाएको छ ।
हाललाई १५ वटा सेन्टरको व्यवस्था गरिने योजना महानगरको छ । अहिलेलाई भने पाँचवटा सञ्चालनमा राखिएको छ ।
सेवाग्राहीले महानगरमा कल गरेपछि त्यस्को रेकर्ड पनि महानगरले राख्छ । र, सम्बन्धित विभागसम्म समस्या पुर्याइनेछ । त्यसपश्चात् समाधानको प्रक्रिया अघि बढ्छ ।
सुरुवाती चरणमा कार्यालय समय भित्रमात्र महानगरले कल उठाउनेछ । कार्यालय समयपछि भने कल रेकर्डमा बस्छ र अर्को दिन मात्र कर्मचारीहरूले प्रक्रिया अघि बढाउनेछन् ।








प्रतिक्रिया