९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


आजबाट चापागाँउ सडक बन्द हुँदै




ललितपुर खबर
२५ जेठ ०७९, चापागाँउ । ललितपुरको चापागाँउ बजारदेखि ज्योति विहारदेखि बुलु पाउली सम्म सडक ढलान सुरु गर्न लागिएकाले सडक अवरुद्ध हुने भएको छ ।
चापागाँउको ज्योतिविहारदेखि बुलुसम्म बस्ती रहेको छ । बस्ती भएको ठाँउमा कालोपत्र गर्दा ग्राइभेल पेल्न कच्ची घरहरु ढल्ने भन्दै स्थानीयले नदिदा सडक बलियो नभएकोले नगरपालिकाको समन्वयमा ढलान गर्न लागिएको हो ।
गोदावरी नगरपालिका ११ का वडाध्यक्ष निलबहादुर देसारका अनुसार ढुंगा गिटीको गाडी नख्खु खोलाबाट र ठूला माल बाहक गाडी टिका भैरव छम्पीको बाटो हुँदै नख्खु जाने व्यवस्था मिलाइएको छ ।
उनले भने, चौकीपछाडिबाट कुस्लेचौर, धापाखेल बज्रबारही प्याङगाँउ सडकबाट साना गाडी जाने व्यवस्था मिलाइएको छ ।
ठेकेदारलाई उदृत गर्दै वडाध्यक्ष देशारले भने पहिले लेवल मिलाउनु पर्छ कम्तिमा १८ दिन त सेट हुन नै लाग्छ । एक महिनाभन्दा थोरै समयमा बाटो खुल्दैन ।
मनसुन नेपाल भित्रिएको समाचार आएसँगै व्यस्त बजारमा सडक ढलान गर्न लागिएको भन्दै स्थानीयले भने आलोभना गरेका छन् । स्थानीय रवि घिमिरेले भने, ‘हिउँद लागेसम्म सबै चुपचाप लागे अव बर्षा लाग्यो भनेपछि सडक ढलान गर्ने भन्दै सडक बन्दको सूचना नि कालिएको छ ।’
बर्षा याममा लामो समयसम्म पानी पर्ने र सिमेन्ट वालुवा बगाउने सम्भावना हुन्छ ।
स्थानीयले खानेपानीको पाइप, ढललगायतको व्यवस्था नगरि सडक ढलान गर्न लागेको भन्दै विरोध गरेका छन् ।

 

प्रकाशित मिति : २५ जेष्ठ २०७९, बुधबार  ८ : ४६ बजे