६ पुस २०८२, आइतबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पृथ्वीराजमार्ग सडक भासिँदा कार र माेटरसाईकल नदीमा खस्याे, दुई जनाको शव फेला



२७ जेठ ०७९, गोरखा । पृथ्वीराजमार्ग अन्तरगत मुग्लिन– आँबुखैरेनी सडक भासिँदा गुडिरहेको कार र माेटरसाईकल त्रिशुल नदीमा खसेको छ। बा १० च ४६४९ नम्बरको कार र बा ३३ प १०८१ नम्बरको माेटरसाईकल नदिमा खसेको हाे ।

नदि किनारमा दुई जनाको शव भेटिएको छ । कारमा कति जना सवार थिए भन्ने अझै पत्ता भने नलागेको प्रहरीको भनाइ छ । माेटरसाईकलमा सवार ब्यक्ति भने हाम्फालेे बाँचेका छन् । सडक भासिँदा बिहान देखि दुई तर्फी सवारी आवागमन बन्द भएको हो ।

सडक मर्मत गर्न समय लाग्ने भएको कारण उक्त रूट भएर संचालन हुने सवारी साधनहरूलाई बैकल्पिक बाटो प्रयोग गर्न जिल्ला प्रहरी कार्यालय तनहुँले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार  ९ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।