९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुर जिल्ला समन्वय प्रमुखमा एमालका ईश्वर, उपप्रमुखमा सुजाता



२८ जेठ ०७९, भक्तपुर । जिल्ला समन्वय समिति भक्तपुरको प्रमुखमा नेकपा (एमाले)का ईश्वर थापा विजयी भएका छन् । जिससको अ शनिबार सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसका जनार्दन खड्कासँग बराबर मत भएपछि गोलाप्रथामा थापा विजयी भएका हुन् ।
त्यसैगरी उपप्रमुखमा कांग्रेसकी सुजाता बाडे निर्वाचित भएकी छिन् । उनले पनि गोलाप्रथामा एमालेका रामकेशरी श्रेष्ठलाई पछि पारेकीे छिन् । त्यस्तै सदस्यहरूमा एमालेका नानु कार्की, मञ्जु कार्की, राममाया मिजार र विश्वराम त्वानाबासु निर्वाचित भए भने कांग्रेसका विनु केसी पनि निर्वाचित भए ।
जिसस भक्तपुरको यसअघि सम्पन्न निर्वाचनमा कांग्रेस र एमालेका उम्मेदवारले बराबर तीन तीन मत प्राप्त गरेपछि निर्णयका लागि गोलाप्रथा गरिएको हो । चारवटा स्थानीय तह रहेको भक्तपुरमा जिल्ला समन्वयको पदाधिकारी चयनका लागि आठ मत रहेको छ ।
जसमध्ये एमालेको तीन, कांग्रेसको दुई, नेकपा (माओवादी केन्द्र)को एक र नेपाल मजदुर किसान पार्टीको दुई मत रहेको छ । कांग्रेस र माओवादी केन्द्रको गठबन्धनका कारण जिससमा निर्णायक बनेको नेमकिपाले कुनै दलसँग तालमेल नगरेका कारण कांग्रेस र एमालेको मत बराबर भएको हो ।

 

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार  ७ : ५९ बजे