६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ललितपुर एमालेले अन्र्तविरोधिलाई कारवाही गर्ने अध्यक्ष आचार्यको भनाई



२८ जेठ ०७९, ललितपुर । पार्टीभित्रैका नेता पाँच दलसँग मिलेर स्थानीय निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई हराएको नेकपा एमालेका ललितपुर अध्यक्ष पुरुषोत्तम आचार्यले आरोप लगाएका छन् ।
ललितपुरमा शनिबार आयोजित नवनिर्वाचितहरुलाई बधाई तथा अभिमुखीकरण कार्यक्रममा एमालेले अन्र्तविरोधिलाई कारवाही गर्ने अध्यक्ष आचार्यको चेतावनी दिए ।
पार्टीले कार्यदल बनाएको र त्यो कार्यदलले शुष्म ढंगले अध्ययन गरिरहेको बताउदै उनले भने,‘दण्ड र पुरस्कारको नीति यो पटक कडाईका साथ चलाउनु होला ।’
कारवाही गर्दा भोलि निर्वाचन हारिन्छ कि भन्ने नसोच्ने आग्रह गर्दै
जिल्ला अध्यक्ष आचार्यले भने, सुन्निएर मोटाएको भन्दा स्स्वस्थ्य दुव्लाउनु नै ठिक ।’

केही दिनअघि स्थायी कमिटी सदस्य सुशीला नेपालले पनि अन्र्तविरोधले गर्दा जिल्लाको निर्वाचनमा पराजय भोग्नु परेको भन्दै अन्र्तघात गर्नेलाई कारवाही गर्नु पर्ने बताएकी थिइन् ।

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार  ८ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।