९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


सुन्धारामा सुनको धाराबाट पानी झार्ने मेयर साहको घोषणा



२९ जेठ ०७९, काठमाडौं ।  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सुन्धारास्थित धराहरा क्षेत्रको अनुगमन गरेका छन्। शनिबार दिउँसो सुन्धारास्थित धरहरा र लुँहिटीको मेयर शाहले निरीक्षण गरेका हुन्।

महानगरपालिकाका मेयर शाहले सुन्धारामा सुनको धाराबाट पानी झार्ने घोषणा गरेका छन्। उनले त्यहाँस्थित सुनको धाराबाट पानी लानका लागि आवश्यक पर्ने सबै विषयको बारेमा जानकारी लिएका थिए।

उनले काठमाडौं उपत्यका खानेपानी लिमिटेडसँग समन्वय गरेर पानी ल्याउनका लागि पहल गर्ने बताए। संभव भएसम्म महानगरपालिकाको बजेटभित्रै रहेर सुन्धारामा पानी ल्याउने व्यवस्था गर्न शाहले निर्देश गरेका छन्।

‘सुरुमा पानी ल्याउने ब्यवस्था गरौं, अरु काम गर्न सजिलो छ,’ उनले निरीक्षणका क्रममा भने, ‘केयूकेएलमा भनेको मेसिन सोधेर टुँडिखेलबाट पानी ल्याउने व्यवस्था गरौं न त।’

मेयर शाहले पानी धरहरा र सेता टावरको आ–आफ्नै महत्व भएका कारणले दुवैको महत्व भएको बताए। ‘आफ्नो आमा बुबा अशक्त भए भन्दैमा आमा–बुबा भन्न छोड्नु भएननी त्यसैले धरहरा,धरहरा हो सेतो टावर, सेतो टावर नै हो,’ उनले भने। शाहले यसबारे प्रधानसेनापति प्रभुराम शर्मासँगको भेटमा पनि आफ्नो छलफल भएको बताए। टुँडिखेलबाट पानी ल्याउने कुरामा प्रधानसेनापतिसमेत सकारात्मक भएको भन्दै कुनै अवरोध नहुने शाहको भनाइ छ।

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  १० : ४७ बजे