
२९ जेठ ०७९, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले यो कांग्रेसको एकलौटी सरकार नभएकोले धेरै दाबी नगर्न बताउनु भएको छ ।
आज काठमाडौंमा भएको नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका सभापतिसमेत रहनु भएका देउवाले विभिन्न विषयमा कांग्रेस नेतारकार्यकर्ताले दाबी गर्न नमिल्ने बताउनु भएको हो ।
‘यो कांग्रेसको एकलौटी सरकार होइन,’ ‘यो नबुझिकन तपाईंहरूले क्लेम गर्ने कुरा छैन।’ उहाँले भन्नुभयो
उहाँले नीति तथा कार्यक्रममा आएका कुराहरू कतिपय बजेटमार्फत सम्बोधन गरिएको र छुटेका भए कुनै न कुनै माध्यमबाट सम्बोधन गरिने सम्मेलनमा उपस्थित भएकाहरूलाई जानकारी गराउनु भएको थियो ।
यस्तै उहाँले ‘आर्थिक समस्याका बाबजुद पनि राष्ट्रसेवक कर्मचारीको तलव वृद्धि गरिएको छ । यसले कर्मचारीहरु काममा थप लगनशील हुनुहुने भन्ने मेरो विश्वास छ भन्नुभयो ।







प्रतिक्रिया