६ पुस २०८२, आइतबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आईजीपी नियुक्ति विरुद्धको मुद्दाको पेसी असार ५ गते



३० जेठ ०७९, काठमाडौं । प्रहरी महानिरीक्षक नियुक्तिविरुद्ध एआइजी विश्वराज पोखरेलले दायर गरेको मुद्दा असार ५ गतेको पेसीमा राखिएको छ । सोमबार सर्वोच्च अदालतले उक्त मुद्दा हेर्दाहेर्दैमा राखेर असार ५ गते सुनुवाइको मिति तोकेको हो ।
कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश डा।कुमार चुडालको पूर्ण इजलासमा परेको उक्त मुद्दाको सुनुवाइ नसकिएपछि असार ५ गतेका लागि हेर्दाहेर्दैमा राखिएको हो । प्रहरी महानिरीक्षक नियुक्ति विरुद्धको उक्त रिटमाथि सुनुवाइ गरेका पक्ष र विपक्षका कानुन व्यवसायीहरुले बहसका लागि थप समय माग गरेपछि हेर्दाहेर्दैमा राखेर असार ५ गतेका लागि सुनुवाइको मिति तोकिएको हो । अब असार ५ गते पनि उक्त मुद्दा कामु प्रधानन्यायाधीश कार्की र न्यायाधीश चुडालकै इजलासमा सुनुवाइ हुनेछ ।

 

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  ५ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।