
३१ जेठ ०७९, बुटवल । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला कुमारी वली खत्री प्रहरी नियन्त्रणमा पुगेकी छन। परपुरुषको घरमा गएर पत्नी र छोरीलाई कुटपिट गरेपछि स्थानीयले ढोका थुनेर वलीलाई प्रहरीको जिम्मा लगाएका हुन ।
राज्यमन्त्री वलीले आफ्नो घरमा आएर आफ्नो श्रीमानलाई मेरो पाोइ खोइ भन्दै घरभित्र आएर आफूलाई कुटपिट गरेको पीडित महिलाले बताएकी छन । बिमलाले एकराज बस्नेतलाई आफ्नो पोइ भन्दै बस्नेतकी पत्नी र छोरीलाई कुटपिट गरेको स्थानीयको भनाइ छ ।
राज्यमन्त्री वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आफ्नो ‘प्रेमी’ को घरमै छिरेर आतंक मच्चाएपछि प्रहरीले नियन्त्रणमा लिएर जिप्रका तुलसीपुरमा पुर्याएको हो । मन्त्री वली आफ्ना एक पीएसओसहित प्रेमी बस्नेको तुलसीपुर ५ बसपार्क आलुमण्डीमा रहेको घरमा आज बिहान प्रवेश गरेकी हुन । घरभित्र छिरेर उनले ‘मेरो एकराज खोइ ?’ भन्दै एकराजकी श्रीमती र छोरीलाई समेत कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
उनले मिनाको कोठा भित्रको दराजका कपडा निकाल्दै आँफुले आफ्नो श्रीमान एकराजका लागि ती कपडा किनिदिएको भन्दै मनपरी निकाल्ने र फाल्ने गरेको मिनाले आरोप लगाइन । बिमलाले मिनाको कोठाका कपडाहरु यत्रतत्र छरिदिएकी थिईन ।
मन्त्रीले नै सीमा नाघेर अर्काको घर भित्र घुसेर मनपरी गरेको भन्दै स्थानीय आक्रोसित भएका छन् ।
केही समय पहिले राज्य मन्त्री बिमला र मिनाका पति एकराज बस्नेतको बीचको प्रेम प्रसंग बाहिरीएको थियो ।
न्युज कारखाना







प्रतिक्रिया