२९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


लुम्बिनी स्वास्थ्य राज्यमन्त्रीलाई कारबाही गर्न माग, प्रहरी कार्यालय अगाडि प्रदर्शन



राज्यमन्त्रीले कुटपिटमा उत्रेपछि जम्मा भएको आक्रोसित भीड । लेन्स : न्युज कारखाना

३१ जेठ ०७९, बुटवल । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला वलीलाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय तुलसीपुर परिसरमा प्रदर्शन भएको छ। मन्त्री वलीले आज बिहान तुलसीपुर उपमहानगरपालिका ५ की मीना बस्नेत र उनकी छोरीमाथि कुटपिट गरेकी थिइन्।

घरभित्रै पुगेर महिला र बालिकामाथि कुटपिट गरेको भन्दै मन्त्री वलीलाई कारबाही गर्न माग गर्दै स्थानीय महिलाले इप्रकाअगाडि प्रदर्शन गरेका छन्।

इप्रका बाहिर स्थानीय महिलाहरूले राज्यमन्त्री वलीमाथि कानुनी कारबाहीको माग गर्दै नाराबाजी गरेका हुन्।स्थानीयले नाराबाजी गरेपछि राज्यमन्त्री वलीलाई घोराहीतर्फ लगिएको छ। उनलाई जिल्ला प्रहरी कार्यालय लैजाने तयारी छ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  २ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।